ad ad

रोचक


घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेलिन् यी महिलाले (भिडियो)

घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेलिन् यी महिलाले (भिडियो)

नेपालखबर
फागुन १४, २०७६ बुधबार १२:३७,

घुँडाको पाङ्ग्रा खुस्किँदा पनि पुरा समय फुटबल खेल्ने एक महिलाको इन्टरनेट भर चर्चा सुरु भएको छ।

स्कटल्याण्डको फुटबल लिगमा हालै सेन्ट मिरेन फुटबल क्लबकी कप्तान जेन ओ’टोली लड्दा उनको घुँडाको पाङ्ग्रा खुस्किएको थियो। उनको घुँडाको हड्डी अर्कै स्थानमा सरेको थियो।

तर उनले आफैंले उक्त खुस्किएको पाङ्ग्रालाई ठिक ठाउँमा ल्याउछिन्। भिडियोमा उनले घुँडामा हिर्काएर हड्डी ठिक स्थानमा ल्याउन खोजेको देखिन्छ।

केहीबेरमै उनको घुँडा ठिक भएको र बाँकी ४० मिनेट पनि उनले कुनै समस्या बिना खेलेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्।

हाल उनको विश्वभर चर्चा सुरु भएको छ। मानिसहरुले महिला पनि पुरुषभन्दा कम नहुने भनेर टिप्पणी गरिरहेका छन्। एजेन्सी

(भिडियो)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .