हिन्दुवादी संगठनले अदालतमा मुद्दा हालेपछि भारतको एउटा अदालतले चिडियाखानामा रहेका दुई सिंहको नाम बदल्न आदेश दिएको छ।
पश्चिम बंगालको एउटा चिडियाखानामा राखिएका भाले र पोथी सिंहको नाम राखिएको थियो– अकबर र सीता। सीता हिन्दू देवी हुन् भने अकबर १६ औँ शताब्दीका मुगल शासक।
यसले धार्मिक भावनामा चोट पुर्याएको भन्दै विश्व हिन्दु परिषदले मुद्दा हालेको थियो।
यी दुई एउटै चिडियाखानामा पनि राख्न नहुने उनीहरुको माग थियो। यी दुवै सिंह सिलिगुडी जिल्लाको नर्थ बंगाल वाइल्ड एनिमल्स पार्कमा छन्।
बिहीबार अदालतले जनावरको नाम हिन्दु देवीदेउता, मुस्लिम, क्रिस्चियन व्यक्तित्व, नोबेल विजेता तथा स्वतन्त्रता सेनानीको नामबाट राख्न नहुने बताएको छ।
‘त्यसको नाम बिजुली वा अरु केही राख्न सकिन्थ्यो। अकबर र सीताजस्ता नाम कि राखियो?’ न्यायाधीश सौगात भट्टाचार्यले भने।
‘सीता र अकबरलाई एक ठाउँ बस्न दिन सकिँदैन,’ परिषदका प्रवक्ता विनोद बन्सलले भने।
परिषदले यो काम विपक्षी दलको नेतृत्वमा रहेको पश्चिम बंगालको सरकारले जानीजानी गराएको आरोप समेत लगाएको छ। एजेन्सी
Shares
प्रतिक्रिया