आर्नोल्डलाई बडिबिल्डरहरु प्रेरणाका स्रोत मान्छन्। महान बडिबिल्डर आर्नोल्डले सन् १९७० देखि १९७५ सम्म लगातार ६ पटक मिस्टर ओलम्पिया बडिबिल्डिङ प्रतियोगिता जितेका थिए।
राजनीतिमा पनि आर्नोल्ड सफल रहे। उनले सन् २००३ देखि २०११ सम्म लगातार रिपब्लिकन पार्टीतको तर्फबाट क्यालिफोर्नियाको गर्भनरको रुपमा काम गरे।
उनले टर्मिनेटर, प्रेडेटर, कमान्डो, द एक्सपेन्डेबलजस्ता विश्वचर्चित चलचित्रमा काम गरिसकेका छन्।
हालै आर्नोल्डका कान्छा छोरा २२ वर्षीय जोसेप बेनाले एक तस्बिर सार्वजनिक गरेका छन्। जसले आर्नोल्डको जवानीलाई प्रस्टसँग झल्काउँछ।
जोसेप र आर्नोल्ड उस्तै छन्। जोसेप पनि पिताजस्तै जिम गर्छन्। उनले सार्वजनिक गरेको तस्बिर धेरै वर्ष पहिलेको आर्नोल्डको जस्तै देखिएको छ।
त्यसकारण यतिबेला पिता र छोरा उस्तै देखिएको भनेर यस तस्बिरको चर्चा सुरु भएको छ। एजेन्सी
Shares
प्रतिक्रिया