ad ad

कला


सलमान खानविरुद्ध लाग्यो मुर्दावादको नारा

सलमान खानविरुद्ध लाग्यो मुर्दावादको नारा

नेपालखबर
असोज २७, २०७६ सोमबार ११:१२,

बलिउडका सुपरस्टार सलमान खानविरुद्ध मुर्दावादको नारा लागेको छ। उनको विवादित शो बिग बोसलाई लिएर सर्वसाधारणले विरोध जनाउँदै खानविरुद्ध  नाराबाजी गरेका हुन्।

सलमानको मुम्बईको बान्द्रास्थित घरको बाहिर उपस्थित भएर प्रदर्शनकारीले नाराबाजी गरेपछि अवस्था तनाबपूर्ण भएको थियो। उनीहरुलाई अवस्था बिग्रन नपाउँदै प्रहरीले पक्राउ गर्यो।

बिग बोसमार्फत सलमानले समाजमा अश्लिलता फैलाएको प्रदर्शनकारीको आरोप छ। शो अश्लिल भएका कारण परिवारका सदस्यसँग हेर्नसमेत नसकिने खालको छ।

यो विषय संसदमा समेत पुगिसकेको छ। भारतीय सूचनामन्त्री प्रकाश जावडेकरले बिग बोसको भारतमा चर्को विरोध भएपछि बन्द हुनसक्ने संकेत दिएका छन्।

सामाजिक सञ्जालमा फेसबुक र ट्विटरमासमेत शोको विरँेध भइरहेको छ। जसका कारण सलमान खानको करियरमा ठूलै झड्का लागेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .