ad ad

कारोबार


गरिबी न्यूनीकरणको कामका लागि तीन वैज्ञानिकले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

गरिबी न्यूनीकरणको कामका लागि तीन वैज्ञानिकले पाए अर्थशास्त्रतर्फको नोबेल पुरस्कार

नेपालखबर
असोज २७, २०७६ सोमबार ११:१,

यो वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले पाएका छन्। विश्वव्यापी गरिबी न्यूनीकरणका लागि काम गरेको भन्दै अभिजित बनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको रोयल स्वेडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ।

उक्त तीन जनाले ११ करोड ७१ लाख रुपैयाँ पाउनेछन्। एकेडेमीले भनेको छ, ‘विश्वले सामना गरिरहेको गरिबीसँग जुध्न महत्वपूर्ण मार्गहरुको पहिचान गरेकाले उक्त पुरस्कार तीन जनालाई दिने निर्णय गरिएको हो।’ नोबेल इकोनोमिक्स प्राइजलाई प्राविधिक रुपमा भेराइजेस रिक्सबैंक प्राइजका रुपमा पनि चिनिन्छ।

यो शीर्षकको पुरस्कार मात्रै अल्फ्रेड नोबेलले स्थापना नगरेको एउटा पुरस्कार हो। यो पुरस्कार अल्फ्रेड नोबेलको सम्झनामा स्वेडिस सेन्ट्रल बैंकले स्थापना गरेको थियो। जुन पहिलोपटक सन् १९६९ मा पहिलोपटक प्रदान गरिएको थियो।

गत वर्ष विलियम नोर्डस र पल रोमरले यो पुरस्कार दिगो वृद्धिका लागि गरेको कामका लागि पाएका थिए। यो पुरस्कार दिन थालेयता अमेरिकाले धेरैपटक पाएको छ। त्यस्तै एस्थर डुफ्लो यो पुरस्कार जित्ने दोस्रो महिला समेत बनेकी छिन्। यसअघि सन् २००९ मा एलिनोर अस्ट्रोमले यो पुरस्कार जितेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .