चर्चित गायक राजेश पायल राईको ‘ठमेलको बजारमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सार्वजनिक गीतलाई सुमन केसीले एरेजं गरेका हुन् भने गीतमा मिरादेवी राईको शब्द र संगीत नवीन कार्कीको रहेको छ।
बैगुनी माया ,तिमीलाई पाए ,आऊ आऊँ साथीजस्ता आधुनिक गीतहरु बजारमा ल्याइसकेकी गायिका राईले गीतलाई दर्शकहरुले रुचाउनेमा विस्वस्त रहेको बताएकी छन्।
गीतको म्युजिक भिडियोमा दिक्पाल कार्की र हिरादेबी राई फिचर्ड छन्।
जिविस राईले निर्देशन गरेको म्युजिक भिडीयोलाई ओम प्रसाईंले खिचेका हुन् भने सम्पादन तथा कलर करेक्सन अनिल कुमार महर्जनको रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया