ad ad

कला


लोककथा सङग्रह ‘साधनको रुख’ प्रकाशित

लोककथा सङग्रह ‘साधनको रुख’ प्रकाशित

नेपालखबर
चैत ३०, २०७७ सोमबार १०:०,

बालबालिकाका लागि लेखिएका छ वटा कथाहरु संकलित ‘साधनको रुख’ बजारमा आएको छ।

लेखक दुर्गा ढेँगाको ‘साधनको रुख’मा ‘भिरबाट हाम फाल्ने दाजुभाइ’, ‘कुखुरा चोरको दसा’, ‘एक गेडा चामलको भात’ लगायत ६ वटा कथा छन्।

यो कथासङग्रहको शीर्ष कथा ‘भिरबाट हामफाल्ने दाजुभाइ’ दुई ईष्र्यालू मूर्ख दाजुभाइको कथा हो। घरमा एउटा मात्र बन्चरो थियो। बन्चरो नभए हलो काट्न सकिँदैनथ्यो। दुई दाजुभाइलाई नै हलो चाहिएको थियो। हलोको लागि साधनको रुख चाहिन्थ्यो।

साधनको रुख अग्लो भीरको टुप्पामा हुन्छ। रुख काट्दा तलतिर झर्छन्। तर उनीहरुले त्यो रुख माथितिर तान्न खोज्दा दुवै भिरबाट खस्छन्।

यस कथासङग्रहमा अरु पनि यस्तै रोचक लोककथाहरु छन्। ‘एक गेडा चामलको भात’ कथामा मान्छेलाई अनिकाल कसरी पर्न गएछ भन्ने सन्दर्भको लोककथा छ।

कथालयबाट प्रकाशित यस कथा स्रंगहका चित्राङ्कनकर्ता यज्जू मानन्धर हुन्। २५ पृष्ठको यस पुस्तकको मूल्य १२५ रुपैयाँ तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .