ad ad

राजनीति


भीम रावलको प्रश्न : ‘स्वतन्त्र मधेस’को झन्डाप्रति प्रधानमन्त्री ओली किन मौन?

भीम रावलको प्रश्न : ‘स्वतन्त्र मधेस’को झन्डाप्रति प्रधानमन्त्री ओली किन मौन?

नेपालखबर
चैत ३०, २०७७ सोमबार ९:५६,

नेकपा एमालेका नेता भीम रावलले सीके राउतले आफ्नो राजनीतिक दल ‘जनमत पार्टी’को सम्मेलनमा सम्झौताविपरीत ‘स्वतन्त्र मधेस’को झन्डा/ब्यानर प्रयोग गरेको दाबी गर्दै यसप्रति प्रधानमन्त्री केपी शर्मा ओली मौन बसेको टिप्पणी गरेका छन्।

जनकपुरको बाह्रबिघा मैदानमा शनिबारदेखि जारी जनमत पार्टीको महाधिवेशन सोमबार सम्पन्न भएको हो। जसले डा. राउतलाई नै अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ। यसैगरी महासचिवमा चन्दन कुमार सिंह पनि निर्विरोध चुनिएका छन्।

सोही सम्मेलनमा ‘स्वतन्त्र मधेस’को झन्डा/ब्यानर प्रयोग गरिएको र त्यो सम्झौताविरीत भएको पूर्वगृहमन्त्रीसमेत रहेका एमाले नेता रावलको दाबी छ।

‘सीके राउतसँगको सम्झौतामा दुई देशबीचजस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्वझैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ। जवाफमा ‘स्वतन्त्र मधेस’को नारा छोडेको भनिएको थियो,’ नेता रावलले सोमबार सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्, ‘तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेस’को ब्यानर/झन्डा राखिएकोप्रति प्रम केपी किन मौन?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .