बिहीबार सार्वजनिक भएको गीतलाई एकैदिनमा एक लाखभन्दा बढीले हेरिसकेका छन्। यस गीतको भिडिओ निकै आकर्षक र अर्थपूर्ण बनेको भन्दै प्रशंसा भइरहेको छ।
यसअघि ‘सम्झेर मलाई’ पहिल्यै सार्वजनिक भइसकेको गीत हो। अहिले केही परिमार्जन भएको यो गीत भिडिओका कारण निकै उत्कृष्ट बनेको छ।
तर केहीले पहिलेकै भर्सन राम्रो भएको पनि बताइरहेका छन्। समग्रमा फ्यानहरुले अहिलेको गीत र पुरानो भर्सनको गीत दुवै उत्तिनै मन पराएका छन्।
यसबीचमा केहीले युट्युबमा अनुप्रस्थलाई मनछुने सन्देश छाडेका छन्।
सरोज दाहाल लेख्छन्,‘म कक्षा ६ म पढ्थे जब अनुप्रस्थले स्प्राइट ब्यान्ड च्यालेन्ज जितेको थियो। अहिले म मास्टर्स डिग्री पढिरहेको छु र अनुप्रस्थको गीत सुनिरहेको छु। समय चाँडै भाग्दो रैछ।’
‘अनुप्रस्थको गीत सुन्दा मेरो पुरानो स्कुलका दिनहरु याद आए। यो गीत निकै उत्कृष्ट छ, बधाई अनुप्रस्थ।’ अमन श्रेष्ठले भनेका छन्।
यस्तै सौगात देवान युट्युबको कमेन्टमा लेख्छन्,‘राजाको सवारी भयो, स्वागतम, यो गीतले क्याम्पस पढ्दाको याद दिलायो।’
केहीले यो गीतको भिडिओ हेर्दा मन छोयो र आशु खस्यो पनि भनिरहेका छन्।
अनुप्रस्थले यसबाहेक सुख र दुखको, दिन, गफ, दक्षिण काली, मैच्याङ, हल्ला गर, अदुतियजस्ता सदाबहार गीतहरु श्रोतामाझ पस्किएका छन्।
नेपालमा पछिल्लो समय ब्यान्डको गीतहरु कमै मात्रामा आउने गरेका छन्।
यसबीचमा अनुप्रस्थको यो पुनरागमनलाई सबैले स्वागत गरेका छन्।
(भिडिओ)
प्रतिक्रिया