ad ad

कला


सुरु भयो सलमानको ‘टाइगर ३’को सुटिङ, बाहिरियो तस्बिर

सुरु भयो सलमानको ‘टाइगर ३’को सुटिङ, बाहिरियो तस्बिर

नेपालखबर
फागुन २७, २०७७ बिहिबार ८:३०,

सलमान खान र कैटरिना कैफको मुख्य भूमिका रहेको ‘टाइगर ३’को सुटिङ सुरु भएको छ।

मनिष शर्माले निर्देशन गर्न लागेको टाइगर ३ को सुटिङ बुधबाबाट आरम्भ भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बुधबारको सुटिङ सेटका केही तस्बिर समेत सार्वजनिक भएका छन्।

केही दिनपहिल सुटिङ स्थलमा पूजा समेत राखिएको थियो। जहाँ फिल्मको पूरै टिम सहभागी भएको हो। फिल्मका लागि सलमान र कैटरिनाले १५ दिनको एक्सन ट्रेनिङ समेत लिएका थिए।

कैटरीना कैफ

‘एक था टाइगर’ र ‘टाइगर ज्दिा है’पछि यो उक्त शृंखलाको तेस्रो चलचित्र हो। सन् २०२२ को इदमा रिलिज हुने चर्चा चलेपनि यसबारे कुनै औपचारिक घोषणा भने सार्वजनिक भएको छैन।

फिल्म एक्सनप्रधान हुने बताइएको छ। निर्माण युनिटले यो फिल्मको सम्पूर्ण काम ८ महिनाभित्र सक्ने बताएको छ। फिल्ममा सलमान र कैटरिनाका अलवा इमरान हासमीको समेत अभिनय रहने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .