बलिउड अभिनेता मिथुन चक्रवर्ती भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गरेका छन् ।
आइतबार पश्चिम बंगलामा आयोजित प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी सभाअघि अभिनेता चक्रवर्ती भाजपामा प्रवेश गरेका हुन।
कोलकाताको ब्रिगेड मैदानमा भाजपाका नेता कैलाश विजयवर्गीय, शिव प्रकाश, मुकुल राय लगायतका नेताहरुको उपस्थितिमा चक्रवर्ती भाजपा प्रवेश गरेका हुन्।
उनले पार्टीको सदस्यता लिनुका साथै खादासमेत लगाएका थिए। त्यसपछि उनले मञ्चमा भाजपाको झण्ड समेत फहराएका थिए।
केही दिनअघिदेखि भाजपमा प्रवेश गर्ने चर्चा चलेको थियो।
बलिउडमा एक्सन हिरोको परिचय बनाएका मिथुन आइतबार औपचारिक रुपमा पार्टी प्रवेश गरेका हुन्।
प्रतिक्रिया