ad ad

कला


प्रणय दिवसकोे अवसर पारेर चलचित्र ‘प्रेमगन्ज’को घोषणा

प्रणय दिवसकोे अवसर पारेर चलचित्र ‘प्रेमगन्ज’को घोषणा

नेपालखबर
फागुन २, २०७७ आइतबार ६:३६,

नेपाली चलचित्र क्षेत्रमा २५ वर्षदेखि स्पोट ब्वाईको रुपमा काम गर्दै आएका राजु फुँयाल अब निर्माता बन्ने भएका छन्।

फुँयालले प्रेम दिवसको अवसर पारेर सामाजिक सञ्जाल फेसबुकमार्फत चलचित्र ‘प्रेमगन्ज’को निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्र विशुद्ध प्रेमकथामा आधारित हुने बताइएको छ।

राजु अहिले एक भोजपुरी चलचित्रका निम्ति इन्डियामा छन्। उनले ‘सगुन’देखि ‘ए मेरो हजुर ३’ सम्म आउदा लगभग ३ सय बढी चलचित्रमा काम गरिसकेका छन्। उनी ११ वर्षदेखि नेपाली चलचित्र उद्योगमा लागेका थिए। आफ्नो जीवनको लामो समय चलचित्र क्षेत्रलाई दिएका राज अब भने नयाँ परिचयसहित आउन लागेका हुन्।

परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्।

यस चलचित्रका कलाकार भने फाइनल हुन बाँकी रहेको निर्माता फुँयालले जानकारी दिए। यो प्रेमगन्ज ‘चलचित्र चौतारी’को ब्यानरमा निर्माण हुन लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .