ad ad

कला


‘लप्पन छप्पन २’चार भाषामा रिलिज हुँदै, भारतमा पनि प्रदर्शन गरिने

‘लप्पन छप्पन २’चार भाषामा रिलिज हुँदै, भारतमा पनि प्रदर्शन गरिने

नेपालखबर
पुस २७, २०७७ सोमबार १३:१,

नेपाली फिल्म ‘लप्पन छप्पन २’ चार भाषामा रिलिज हुने भएको छ। यो फिल्म नेपालीका अलवा हिन्दी, तमिल र भोजपुरी भाषामा रिलिज हुने भएको हो।

फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्देशक मुकुन्द भट्टले फिल्म चार भाषामा आउने बताएका हुन्। उनले मुम्बईमा हिन्दी, तमिल र भोजपुरी भाषामा डब गरिने जानकारी दिए। उनले नेपालका अलवा भारतमा पनि फिल्म प्रदर्शन गरिने र त्यसको तयारी भइरहेको जानकारी दिए।

आगामी फागुन २७ गतेबाट प्रदर्शनमा आउने फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नवीन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय रहेको छ।

चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदीपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माता रहेको फिल्मको कार्यकारी निर्माता सुरज अधिकारी र प्रजापति सिवाकोटी रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .