ad ad

कला


दोस्रोपटक बिहे गरेपछि नायिका श्वेताले भनिन्: एकल महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो

दोस्रोपटक बिहे गरेपछि नायिका श्वेताले भनिन्: एकल महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २३:४५,

नायिका श्वेता खड्काले एकल महिलाको सशक्तीकरणमा केही गर्ने सोच रहेको बताएकी छन्।

सोमबार दोस्रोपटक विवाह गरेलगत्तै नायिका खड्काले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफू एकल महिलाका लागि सोचेको काम गर्ने प्रयासमा रहेको बताएकी हुन्।

‘म थप सशक्त नारीका रूपमा तपाईंहरूका सामुन्ने प्रस्तुत हुनेछु,’ सोमबार राति नायिका खड्काले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘आगामी दिनमा एक महिलाको सशक्तीकरणमा केही गर्न पाए हुन्थ्यो भन्ने सोच छ। त्यसलाई साकार बनाउनका लागि म प्रयासरत रहनेछु।’

जिन्दगीकाे अर्काे एउटा यात्रामा पाइला चालेकाे उल्लेख गर्दै उनले अझ धेरै गर्न बाँकी रहेकाे बताएकी छन्। 

‘मैले नेपाली सिने जगतलाई मेरो शिरकाे सिन्दुरजस्तै अझै उच्च स्थानमा पुर्‍याउनुछ। निर्माणाधीन  माझीटोललाई आज सजिएको बिहेको मण्डपभन्दा पनि अझै सजाउनु छ,’ उनले भनेकी छिन्, ‘मैले थालेका व्यवसायहरूलाई मेरो हातमा चम्किएका चुराहरू जस्तै चम्काउनुछ। मैले अझै धेरै काम गर्न बाँकी छ।’

पहिलाका पति नायक श्रीकृष्ण श्रेष्ठकाेे निधन भएकाे ६ वर्षपछि नायिका खड्काले एक्लै जीवन कटाउन कठिन हुने निष्कर्षका साथ साेमबार धनगढीका विजयेन्द्रसिंह रावतसँग विवाह गरेकी हुन्।

विवाहपछि उनले लेखेकाे स्टाटस यस्ताे छ-

shwetaaa 1

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .