ad ad

छापा खबर


कोरोनाविरुद्धको खोप तत्काल सर्वसुलभ हुने सम्भावना छैन

कोरोनाविरुद्धको खोप तत्काल सर्वसुलभ हुने सम्भावना छैन

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २३:४५,

न्युयोर्क टाइम्समा प्रकाशित एक अनुसन्धानात्मक रिपोर्टअनुसार विश्वभर कोरोना भाइरसविरुद्ध ५८ वटा खोप मानव शरीरमा परीक्षणमा छन्।

मानव शरीरमा परीक्षण सकिएका सातवटा खोपले केही देश र क्षेत्रमा आपत्कालीन प्रयोगको अनुमति पाएका छन् । तीमध्ये १३ वटा खोप तेस्रो चरण परीक्षणमा छन् । १७ वटा दोस्रो र ४१ वटा खोप पहिलो चरण परीक्षणमा छन्।

अन्य कम्तीमा ८६ वटा खोप त्यसभन्दा अघिल्लो चरण अर्थात् वन्यजीवमा परीक्षण भइरहेका छन् । कोरोना भाइरस रोकथामका लागि खोप नै एक मात्र विकल्प देखिँदै गर्दा हालसम्म विश्वभर एकसाथ ठूलो संख्यामा प्रयोग गर्न मिल्ने गरी कुनै खोपले मान्यता पाएका छैनन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारी र दीपेन्द्र गुरुङले लेखेका छन्।

अमेरिकाको फाइजर र जर्मनीको बायोन्टेक कम्पनी मिलेर बनाएको खोपलाई बेलायतले आपतकालीन प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनी क्यान्सिनो बायोलोजिक्सले बनाएको ‘एडी–फाइभ’ नामक खोपलाई चिनियाँ जनमुक्ति सेनाले आन्तरिक प्रयोगका लागि अनुमति दिएको छ।

रुसी खोप स्पुतनिक फाइभ पनि आपतकालीन प्रयोग हुन थालेको छ । रुसमै इपिभाक नामक खोपले प्रयोग अनुमति पाएको छ । यस्तै, वुहान इन्स्टिच्युड अफ बायोलोजिकल प्रडक्टस्ले तयार पारेको खोपलाई संयुक्त अरब इमिरेट्स ९युएई०ले प्रयोग अनुमति दिएको छ।

चीनकै सिनोफर्माले तयार पारेको खोपलाई पनि युएईले प्रयोग अनुमति दिएको छ । चिनियाँ कम्पनीले सिनोभाक बायोटेकले बनाएको खोपले चीनभित्र प्रयोगका लागि अनुमति पाएको छ। तथापि, हालसम्म कोरोना भाइरसविरुद्धको खोप सर्वसाधारणका लागि सुलभ भएको छैन । र, त्यसका लागि अझै केही समय पर्खिनुपर्नेछ।

आपत्कालीन प्रयोग अनुमति पाएका खोपहरूले भने महामारीविरुद्धको लडाइँमा संसारभर आशाको सञ्चार गराएका छन्।

खोपलाई चिकित्सा विज्ञानमा सबैभन्दा भरपर्दो मानिन्छ । त्यसैले हो, आधुनिक चिकित्सा विज्ञानमा खोपलाई अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको पनि । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का विज्ञहरूको भनाइमा विभिन्न रोगविरुद्ध निर्मित खोपले हरेक वर्ष २० देखि ३० लाख मानिसको मृत्यु रोक्छन् । हालसम्म २० भन्दा बढी प्राणघातक रोग फैलिन नदिन खोप नै अचुक औषधि बनेको छ।

तर, ती खोप सजिलै तयार भएका होइनन् । वैज्ञानिकहरूको वर्षौँको मिहिनेतपछि मात्र ती खोप उपलब्ध भएका हुन् । सामान्य अवस्थामा खोप निर्माण, उत्पादन र ढुवानीका लागि पाँचदेखि १० वर्ष लाग्छ । कोरोना भाइरसविरुद्धको खोपको कुरा बेग्लै छ।

यसपटक ती सबै प्रक्रिया र सीमितता घटाउँदै वैज्ञानिकहरू केही महिना अन्तरालमै सर्वसाधारणमाझ खोप पु¥याउन लागिपरेका छन् । तथापि, कोरोना भाइरसविरुद्धको खोपले मानव शरीरलाई बचाउन सक्ने क्षमता र प्रयोगका लागि कति सुरक्षित भन्ने विषय अनुसन्धानकै चरणमा छ।

जस्तो– आपत्कालीन प्रयोगका लागि अनुमति पाएका खोपको प्रभावकारिता पनि ९० देखि ९५ प्रतिशतसम्म देखिएको छ । यसको अर्थ खोप लगाएका १० मध्ये नौजनामा कोभिड–१९ को जोखिम हुनेछैन । संसारभरका मानिसलाई उत्साहित बनाएको समाचार पनि यही हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .