ad ad

कला


जब भारतीय गायिका आशाले नारायण गोपाललाई बम्बैमै बस्न सल्लाह दिइन्

जब भारतीय गायिका आशाले नारायण गोपाललाई बम्बैमै बस्न सल्लाह दिइन्

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १०:५६,

मैले सुनेकी थिएँ कि उनी नेपालका मुख्य राम्रा गायक हुन्। भेट्ने मौका मिलेकै थिएन। एकदिन नेपाली फिल्म लाहुरेको रेकर्डिङमा मलाई कान्छा (रनजीत गजमेर) ले दुई ओटा गीत गाउनका लागि बोलाएका थिए। म स्टुडियो पुग्दा गानाको बुथमा कोही गाइरहेको थियो। त्यो आवाज सुन्ने बित्तिकै लाग्यो, एउटा अलग आवाज–बिल्कुल ताजा, भित्र छिर्यो। कान्छाले मलाई उनीसँग भेटाए, ‘उनी नै हुन् नेपाली गायक– नारायणगोपाल।’

मैले उनलाई बम्बैमै बस्न, संघर्ष गर्न सल्लाह पनि दिएँ तर उनलाई आफ्नै जन्मभूमि प्यारो थियो। आज कान्छाको मुखबाट उनले यो संसार छोडेको खबर सुनेँ। एकदमै नरमाइलो लाग्यो। उनको गीत कानमा गुञ्जिन थाल्यो, ‘बादल हो यो बादल’। भगवानले उनको आत्मालाई शान्ति दिऊन्। उनकी श्रीमती र परिवारलाई यो आघात सहने शक्ति दिऊन्।

उनी एउटा सच्चा कलाकार थिए। मैले अन्येष्टिको फोटो हेरेँ र उनका प्रशंसकहरुको सम्पूर्ण वृतान्त सुनेँ– धन्य हुन् देश र देशवासी जसले आफ्नो कलाकारलाई यति स्नेह र माया दिन्छन्। 

म भगवानसँग प्रार्थना गर्छु, उनलाई स्वर्गमा पनि उत्तिकै स्नेह मिलोस्। 

आशा भोसले

(‘बागीना’ नारायणगोपाल स्मृति अंक, ०४९ बाट)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .