ad ad

राजनीति


बैठकमा नआएर ओलीले आफ्नै प्रतिवेदन बेवारिसे बनाउनु भयो : अष्टलक्ष्मी

बैठकमा नआएर ओलीले आफ्नै प्रतिवेदन बेवारिसे बनाउनु भयो : अष्टलक्ष्मी

नेपालखबर
मंसिर १९, २०७७ शुक्रबार १०:४९,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै प्रतिवेदनलाई बेवारिसे बनाएको आरोप लगाएकी छन्।

शुक्रबार थापाथली क्याम्पसमा आयोजित प्रचण्ड–नेपाल समूहका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै नेतृ शाक्यले बैठकमा नआएर अध्यक्ष ओली आफैले पार्टीको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन बेवारिसे बनाएको बताएकी हुन्।

नेतृ शाक्यले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमत सचिवालय सदस्यका तर्फबाट पेस गरेको प्रतिवेदनले पार्टीभित्रको अहिलेको समस्यालाई देखाएको बताइन्।

उनले प्रचण्डलाई जवाफ दिन अध्यक्ष ओलीले दोब्बर पेजको प्रतिवेदन ल्याए पनि त्यसलाई टुंगोमा पुर्‍याउने बेला अध्यक्ष ओली बैठकबाट भागेको समेत आरोप लगाइन्।

‘पाँच सचिवालय सदस्यको समर्थनमा प्रचण्डले पेस गरेको प्रतिवेदनले पार्टीभित्रको समस्या देखाएको छ’, उनले भनिन्, ‘त्यसलाई जवाफ दिन भनेर अध्यक्ष ओलीले त्यो भन्दा दोब्बर लामो प्रतिवेदन ल्याउनु भयो, तर छलफल गर्ने बेलामा बैठकमै आउनुभएन्।’

उनले सचिवालयमा पेस भएका दुवै प्रस्तावमाथि छलफल गर्नुपर्ने बताइन्।

नेतृ शाक्यले नेकपा विवादमा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाको पनि आलोचना गरिन्।

उनले राष्ट्रपतिले दुई अध्यक्षलाई मिलाएर अहिलेको समस्या समाधान गर्न खोजेको भन्दै दुई अध्यक्षमात्रै मिलेर समस्याको समाधान नहुने बताइन्।

‘राष्ट्रपतिले दुई अध्यक्षलाई मिलाएर समस्या समाधान गर्न खोज्नु भएको छ, दुई जनामात्रै मिलेर अहिलेको समस्यको समाधान हुँदैन’, उनले भनिन।

उनले प्रधानमन्त्री ओलीको शैली आलोचना सुन्नै नचाहने खालको रहेको बताइन्। ‘ओलीको शैली आलोचनाको ‘अ’ पनि सुन्न नचाहने खालको छ’, उनले भनिन्।

शाक्यले ओलीले आफूलाई १ नम्बरको अध्यक्ष दावी गरेको भन्दै काम पनि एक नम्बरको गर्न चुनौती समेत दिइन्।

यो पनि:
नेकपामा सुरु भयो विद्यार्थीहरुको समानान्तर भेला, प्रचण्ड–नेपालपक्षीयको थापाथलीमा कार्यक्रम

ओलीले ‘टाइम बाइ’ गर्दा यस्तो छ प्रचण्ड–नेपाल पक्षको तयारी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .