ad ad

कला


पहिलो आदिवासी जनजाति चलचित्र अवार्ड थाइल्याण्डमा

पहिलो आदिवासी जनजाति चलचित्र अवार्ड थाइल्याण्डमा

वाशुदेव मिश्र
साउन १२, २०७६ आइतबार १४:५६,

आदिवासी जनजाति समुदायमा पर्ने विभिन्न भाषा तथा जाति विशेषका चलचित्रहरुको अवार्ड कार्यक्रम हुने भएको छ।

हुकुम मल्टिमिडियाले थाइल्याण्डमा आदिवासी जनजाति फिल्म अवार्ड गर्न लागेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी दिएको हो। आयोजकको दाबी अनुसार आदिवासी जनजाति समुदायभित्रका फिल्महरुको अवार्ड कार्यक्रम हुन लागेको पहिलोपटक हो। अवार्डको नाम ‘ज्योमो गांग फिल्म अवार्ड’ राखिएको छ।

‘यसअघि जाति विशेषका फिल्महरुको अवार्ड कार्यक्रमहरु भएपनि समस्त आदिवासी जनजाति समुदायलाई नै समेट्नेगरि फिल्मको अवार्ड कार्यक्रम हुन लागेको यो पहिलोपटक नै हो । त्यसैले यो एउटा ऐतिहासिक शुरुवात पनि हो’, पत्रकार सम्मेलनमा बोल्दै हुकुम मिडियाका संचालक डि.बि. बम्जनले बताए

। आदिवासी जनजातिमै पर्ने गुरुङ समुदायका चलचित्रहरुलाई लक्षित गर्दै अवार्डमा सहभागिताको आह्वान गर्न हुकुम मल्टिमिडिया पोखरा आएको हो। ‘भाषिक तथा जातीय फिल्मका लागि गुरुङ फिल्म उद्योग नम्बर एक हो । त्यसैले यहाँका फिल्मकर्मीहरुको बाक्लो सहभागिता होस् भन्ने हामी चाहन्छौँ ’, बम्जनले भने,‘त्यसैले हामी पोखरासम्म आईपुगेर यहाँका फिल्मकर्मीहरुलाई अवार्डका लागि फिल्म दर्ता गराउन आह्वान समेत गरिरहेका छौँ।’

भदौको २७ गते थाइल्याण्डको फुकेट शहरमा हुने अवार्ड कार्यक्रम विवादरहित बनाइने पनि आयोजकले दाबी गरेको छ। पहिलोपटक गर्न लागेको यो कार्यक्रमलाई विवादरहित बनाउन दिग्गज र अनुभवी ‘जुरी मेम्बर’ छनौट गरिने आयोजकले बताएको छ। विभिन्न १७ वटा विधामा अवार्ड बाँडिने आयोजकले बताएको छ।

प्रत्येक विधा अन्तरगत उत्कृष्ट ३ नोमिनेशनमा पर्ने फिल्मकर्मीहरुलाई कार्यक्रममा लैजाने आयोजकले बताइएको छ। थाइल्याण्ड जाने आउनेसँगै त्यहाँको बसोबास खर्च समेत आयोजकले नै व्यहोर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .