ad ad

कारोबार


सांग्रिला बैंकको नयाँ शाखा बैतडीको पाटनमा

सांग्रिला बैंकको नयाँ शाखा बैतडीको पाटनमा

नेपालखबर
साउन १२, २०७६ आइतबार १४:४३,

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामिण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बैतडीमा शाखा बिस्तार गरेको छ।

पाटन नगरपालिका–६, एयरपोर्ट रोड स्थित सो शाखाको पाटन नगरपालिका मेयर केशव बहादुर चन्दले आइतबार उद्घाटन गरे। क्रार्यक्रममा दशरथचन्द नगरपालिकाका नगर प्रमुख नरेन्द्र सिंह थापासहित बिभिन्न सरकारी निकायका प्रमुख, बिभिन्न राजनितिक दलका प्रतिनिधी, पत्रकार तथा स्थानीय समाजसेवीको उल्लेखनीय सहभागीता रहेको थियो।

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिँदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहकहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ग सेवा सुविधाको थालनी गरेको जनाएको छ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .