अर्जुन कपुरलाई आइतबार मात्र कारोना भाइरसको संक्रमण भएको थियो। हाल उनी होम आइसोलेसनमा छन्।
उनले आफूमा कोरोनाको लक्षण नदेखिएको बताएका छन्। मलाइकामा पनि कोरोनाको लक्षणहरु नदेखिएको बताइएको छ।
हालै मात्र मलाइकाले निर्णायकको भूमिका निर्वाह गरेको कार्यक्रम ‘इन्डियाज बेस्ट डान्सर’मा आवद्ध सदस्यमा कोरोना देखिएपछि त्यसको सुटिङ बन्द छ।
मलाइका अरोरा बलिउड स्टार सलमान खानकी पूर्व बुहारी हुन्। मलाइकाले सलमानका भाई अर्बाज खानलाई विवाह गरेकी थिइन।
१९ वर्षपछि अर्बाज र मलाइकाको डिभोर्स भएको थियो।
3
Shares
प्रतिक्रिया