गायिका मेलिना राई र गणेश खड्काको स्वरमा रहेको गीत ‘चरी चुच्चे च’ को म्यूजिक भिडियो डिजिटल सार्वजनिक भएको छ।
यज्ञ सापकोटाको रचना, शब्द तथा संगीत रहेको गीतमा महेश बिक्रम पाण्डेको संयोजन छ। गीतको भिडियो प्रकाश एसकेले सम्पादन गरेका हुन्।
दिनेश मेग्माले निर्देशन गरेको भिडियोको छायांकन मुकेश हुमागाइँले गरेका हुन्। गीतको म्युजिक भिडियोमा यम लिम्बू, प्रीया, नवीन केसी लगायतको अभिनय रहेको छ। गीतले माया–पिरतीका कुरालाई उजागर गरेको छ।
प्रतिक्रिया