ad ad

कारोबार


नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्काशन सम्झौता

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच सेयर निष्काशन सम्झौता

नेपालखबर
असार २१, २०७७ आइतबार ८:५४,

नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच सेयर निष्काशन सम्झौता भएको छ।

स्थानीय बासिन्दा र सर्वसाधारणमा सेयर निष्काशन तथा प्रत्याभूति नियुक्ति गर्नेसम्बन्धी आइतबार सम्झौता भएको हो।

चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको १८ करोड ४० लाख ९१ हजार रुपैयाँबराबरको सेयर प्रत्याभूति गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ।

उक्त प्रत्याभूतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .