हङकङ सरकारले आफ्ना नागरिकलाई दिन लागेको १० हजार हङकङ डलर राहत निर्धारित मितिभन्दा २ दिन अगाडि नै प्रदान गर्ने भएको छ।
आइतबार वित्तीय सचिव पल चानले सरकारले प्रदान गर्ने १० हजार हङकङ डलरको राहत दुई अगाडि नै प्रदान गरिने जानकारी दिएका हुन्। उनका अनुसार राहत रकम आगामी ६ जुलाई सोमबारबाट प्रदान गरिने भएको हो
सरकारले उक्त राहत प्रक्रियाका लागि जून २१ मा आवेदन खुल्ला गरेका थिए भने यसअघि जुलाई ८ बाट वितरण गरिने बताएको थियो।
हालसम्म उक्त राहत रकमका लागि हालसम्म १८ वर्ष पुगेका ५७ लाख ६० हजार स्थायी परिचयपत्र भएकाले आवेदन दर्ता गराई सकेको चानले आफ्नो आफ्नो ब्लगमा उल्लेख गरेका छन्।
सचिव चानका अनुसार गत महिना अनलाइनमार्फत दर्ता गरेका ४० लाख ३० हजार व्यक्तिहरुले पहिला प्राप्त गर्ने बताएका छन् भने हालै अनलाइनमार्फत आवेदन दिनेहरुले १ हप्ताभित्र प्राप्त गर्ने बताएका छन्। कागजी फारममार्फत आवेदन दिनेहरुले भने जुलाई महिनाको अन्तमा वा अगस्टमा प्राप्त गर्नेछन्।
उक्त राहत रकमका लागि १८ वर्ष पूरा गरेका करिब ७० लाख हङकङ बासीहरु योग्य हुनेछन्। सरकारले कोरोना भाइरस महामारीले निम्त्याएको कठिनाइको सामना गर्न एक उपायको रुपमा उक्त राहत प्याकेज ल्याएको हो। योग्यता पुग्नेहरु ३१ डिसेम्बर २०२१ सम्म उक्त रकमका लागि आवेदन दिन सक्नेछन्।
उक्त परियोजनाबाट हङकङमा बसोबास गर्दै आएका स्थायी परिचयपत्र बाहक नेपालीहरु लाभान्वित हुनेछन्। हङकङमा स्थायी रुपमा बसोबास गर्दै आएका नेपालीको संख्या करिब ३० हजार रहेको छ।
सरकारले हालै लागू गरेको राष्ट्रिय सुरक्षा कानुनले सुरक्षा र स्थायित्व कायम भएपछि जनताहरु खर्च गर्ने मुड हुने सरकारले विश्वास लिएको छ।
हङकङ सरकारले लामो समयदेखि चलिरहेको आन्दोलन तथा कोरोना भाइरसको महामारीका कारण खराब आर्थिक मन्दीबाट बच्न उक्त राहत प्याकेज घोषणा गरेको हो। जसको उद्देश्य स्थानीय उपभोग बढाउनु र जनताको आर्थिक बोझ कम गराउनु हो। सरकारले विभिन्न शीर्षकमा राहत प्याकेजको रुपमा अर्बौ डलर खर्च गर्दै आइरहेको छ।
प्रतिक्रिया