अमेरिकी सांसदहरुले हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने विधेयक दुवै सदनमा दर्ता गराएका छन्।
चीनले स्वतन्त्रताको वकालत गर्ने हङकङका आन्दोलनकारीलाई दण्डित गर्नेगरी सुरक्षा कानुन लागू गरेपछि अमेरिकाका दुवै पार्टीका सांसदहरुले यस्तो कदम चालेका हुन्।
हङकङ सेफ हार्बर एक्ट नाम दिइएको सो विधेयकलाई सिनेटरहरु बब मेनेन्डेज, टोड योङ, बेन काडिएन, जेफ मर्कले र मार्को रुबियोले सिनेटमा दर्ता गराएका छन्।
तल्लो सदन प्रतिनिधिसभामा जोन कर्टिस, माइक ग्यालागर, टम सुजी र जिम म्याकगर्भनले दर्ता गराएका छन्।
विधेयकमा कति हङकङबासीलाई यस्तो दर्जा दिइने हो, उल्लेख छैन।
यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ब्रिटिस नेसनल ओभरसिज’ दर्जा पाएका ३० लाख बढीलाई नागरिकताको बाटो खुला गर्न तयार रहेको बताएका थिए। जसको चीनले विरोध गरेको थियो। एजेन्सी
प्रतिक्रिया