ad ad

कला


ट्रोलले हैरान पारेपछि सोनम कपुरले पनि गरिन् इन्स्टाग्राममा कमेन्ट सेक्सन नै डिलिट

ट्रोलले हैरान पारेपछि सोनम कपुरले पनि गरिन् इन्स्टाग्राममा कमेन्ट सेक्सन नै डिलिट

नेपालखबर
असार ९, २०७७ मंगलबार ४:१२,

भारतमा कलाकार सामाजिक सञ्जालबाट भाग्ने क्रम जारी छ।

नकारात्मक विचारबाट बच्न भन्दै नायिका सोनाक्षी सिन्हाले आफ्नो ट्विटर अकाउन्ट डिएक्टिभ गरेको केही दिनपछि नै अनिल कपुरकी छोरी सोनम कपुरले पनि आफ्नो इन्स्टाग्रामको कमेन्ट सेक्सन नै डिलिट गरेकी हुन्।

अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेपछि उनका प्रशंसकले अन्य अभिनेता तथा अभिनेत्रीविरुद्ध रिस पोखिरहेका छन्। यही क्रममा सोनम कपुर पनि निसानमा परेकी हुन्। उनीविरुद्ध मानिसले अत्यधिक ट्रोल गर्न थालेपछि उनले आफ्नो सामाजिक सञ्जालको कमेन्ट सेक्सन नै डिलिट गरेकी हुन्।

सोनाक्षी सिन्हाअघि आयुष शर्मा लगायत भारतीय कलाकारले नै ट्विटर अकाउन्ट डिएक्टिभेट गरिसकेका छन्।

उनले गाली तथा घृणाका मेसेजको स्क्रिनसट सेयर गरेकी छन्। सोनमले फादर्स डेका दिन एउटा ट्विट गरेकी थिइन्। त्यसैलाई ट्रोल बनाइएको थियो। त्यसपछि सोनमले इन्स्टाग्राममा कमेन्ट गर्न नमिल्ने बनाएर त्यसको कारण स्टोरीमा लेखेकी छन्।

भनेकी छन्, ‘मैले मलगायत मेरा आमा-बुवाको सोसल मिडियामा कमेन्ट गर्न नमिल्ने बनाएकी छु। मेरा ६४ वर्षका अभिभावकले यसको सामना गर्नु नपरोस् भनेर यस्तो गरेकी हुँ।’

यसअघि सोनाक्षी सिन्हा, आयुष शर्मा, साकिब सलिम, जशिर इकबाललगायतले आफ्नो ट्विटर अकाउन्ट डिएक्टिभेट गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .