पुष्पल खड्का र सृष्टि खड्का अभिनित ‘आउन माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
अम्बिका गुरुङको शब्द रचना रहेको गीतमा दीपक शर्माको संगीत र वीरेन्द्र श्रेष्ठ र योजना पुरीको स्वर सुन्न सकिन्छ। गीतलाई एरेन्ज भने नरेन्द्र वियोगीले गरेका छन्।
राजकुमारी मेलामा जाँदाका रमाइला दृश्यलाई भिडियोमा कैद गरिएको छ। भिडियोलाइ निसान घिमिरेले निर्देशन गरेका हुन् । गीतलाई सम्पूर्ण हिसाबले उत्कृष्ट बनाउन प्रयास गरेको निर्माण पक्षको भनाइ छ।
भिडियोमा बाल कलाकार आयुस र अंशु गुरागाईको समेत आकर्षक नृत्य प्रस्तुत गरिएको छ। सुरेन बस्यालको कोरियोग्राफी रहेको भिडियोमा उत्सव दाहाल र बिकास दाहालको सम्पादन, मनोज लामाको मेकअप रहेको छ।
हेरौँ भिडियो
प्रतिक्रिया