भोजपुर भिडन्तमा मारिने प्रहरी जवान सञ्जिव राई लामो समयसम्म नेकपा नेता एवं संघीय सांसद सुदन किराँतीका सुरक्षा गार्ड थिए।
भोजपुरबाट निर्वाचित संघीय सांसद तथा नेकपा केन्द्रीय सदस्य सुदन किरातीसँग लामो समय बसेका सञ्जिव मिलनसार र काम प्रति निष्ठावान थिए। केही समययता उनी जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए। सादा पोशाक घुमुवा समुहमा उनको ड्युटी थियो।
नेपालखबरसँग कुराकानीगर्दे सांसद किराँतीले घटनाले दुखी बनाएको बताए। उनले आफू जिल्लामा रहँदा लामोसमय सञ्जिव आफ्नो सुरक्षामा खटिने गरेको संस्मरण गरे।
‘सारै असल र मिहेनती थिए,’ सांसद किराँतीले भने ‘भोजपुरमा लामो समय मेरो ब्यक्तिगत सुरक्षामा खटिएका थिए।’
सम्बन्धित खबर: भोजपुर भिडन्तमा एक प्रहरी र विप्लवका जिल्ला इन्चार्जको मृत्यु
उनका अनुसार भिडन्तमा मारिने प्रशान्त उपनाम भएका निरकुमार भोजपुर बोयाकै स्थायी बासिन्दा हुन्। ‘प्रशान्त (निरकुमार राई) पनि हामीसँगै काम गरेका हुन,’ किराँतीले भने ‘केही दिनदेखि भोजपुरमै सक्रिय रहेछन्।’
प्रहरीका अनुसार ओखलढुंगा इन्चार्ज नीरकुमार बेलाबखत भाेजपुर आउने जाने गरिरहन्थे। उनले त्यस क्षेत्रमा चन्दा आतंक मच्चाएपछि प्रहरीले उनकाे खाेजी गरिररहेकाे थियाे।
बुधबार बिहान ८ बजेर ४५ मिनेटमा विप्लव कार्यकर्तासँग गोली हानाहान हुँदा उनको मृत्यु भएको हो। भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता नीरकुमार राईको मृत्यु भएको हो।
मारिने नीरकुमार राई विप्लव समूहका ओखलढुंगा जिल्ला इन्चार्ज हुन्।
यो पनि: भोजपुर भिडन्तः श्रीमती भेट्न आउँदा मारिए विप्लवका ओखलढुंगा इन्चार्ज
प्रतिक्रिया