अभिनेता इरफान खान स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना भएका छन्।
मुम्बईस्थित कोकिलाबेन धिरुभाइ अम्बानी अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको जनाइएको छ।
उनको पेटमा संक्रमण भएको उनका प्रवक्ताले जनाएका छन्।
शनिबार मात्रै उनकी आमा सइदा बेगमको मृत्यु भएको थियो। उनकी आमा ९५ वर्षकी थिइन्।
सन् २०१८ मा इरफानलाई न्युरोइन्डोक्राइन ट्युमर भएको थियो।
पछिल्लो समय इरफानले अंग्रेजी मिडियम नामक फिल्ममा अभिनय गरेका छन्। एजेन्सी
प्रतिक्रिया