जेम्स बन्ड शृंखलाको क्वान्टम अफ सलिस फिल्ममा अभिनय गरेर चर्चा कमाएकी अभिनेत्री ओल्गा कुरिलेन्कोलाई कोरोना भाइरस संक्रमण भएको छ।
आफूलाई संक्रमण भएको जानकारी दिँदै ओल्गाले यो भाइरसलाई गम्भीरतापूर्वक लिन आग्रह गरेकी छन्।
‘झण्डै एक हप्तादेखि बिरामी छु। मेरो मुख्य लक्षण ज्वरो र थकान देखिएको छ। तपाईं पनि आफ्नो ख्याल राख्नुहोलो र यसलाई गम्भीरतापूर्वक लिनुहोला,’ युक्रेनमा जन्मेकी फ्रान्सेली नागरिक ओल्गाले इन्स्टाग्राममा भनेकी छन्। एजेन्सी
प्रतिक्रिया