दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ प्रतिष्ठित बुसान फिल्म फेस्टिस्भलमा छनोट भएको छ। यो फिल्म फेस्टिभलको ‘अ विन्डो अन एसियन सिनेमा’ विधाअन्तर्गत छनोट गरिएको हो।
गत साता यो फिल्म इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर गरिएको थियो। यो फिल्म बुसानमा एसिया प्रिमियर हुँदैछ। दक्षिण कोरियामा अक्टोबर २ देखि हुने फेस्टिभल ११ सम्म चल्नेछ।
यस फिल्ममा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरूलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा प्रस्तुत गरिएको छ।
सोसल ड्रामा तथा एक्सन फिल्ममा आशा मगराती, पूर्वमिस नेपाल निकिता चाण्डक, दयाहाङ राई, ऋचा शर्मा, पशुपति राई, विजय बराल लगायतको अभिनय छ।
निर्देशक रौनियारको ‘हाइवे’ र ‘ह्वाइट सन्’ पछि यो तेस्रो निर्देशकिय फिचर फिल्म हो। यस फिल्मको विभिन्न देशमा फिल्मको वितरण अधिकार पनि बिक्री भइसकेको छ।
Shares
प्रतिक्रिया