बलिउड अभिनेत्री श्रद्धा कपुर इन्स्टाग्राममा धेरै पछ्याइने महिला बनेकी छिन्।
‘स्त्री २’ को सफलतासँगै अभिनेत्री प्रियंका चोपडालाई उछिन्दै श्रद्धा सर्वाधिक फलोअर्स कमाउने भारतीय महिला बनिन्।
त्यसैगरि, श्रद्धा इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर्स कमाउने दोस्रो भारतीय हुन्। उनलाई इन्स्टाग्राममा ९ करोड २१ लाखले पछ्याएका छन्। प्रियंकालाई भने इन्स्टाग्राममा ९ करोड १८ फलोअर्स छन्।
हलमा प्रदर्शनरत फिल्म ‘स्त्री २’ हिट भएसँगै सामाजिक सञ्जालमा श्रद्धाको धमाधम फलोअर्स बढिरहेका छन्। यसअघि श्रद्धाले मोदीलाई पछि पार्दै सर्वाधिक फलोअर्स हुने तेस्रो भारतीय बनिन्।
भारतमा सर्वाधिक पछ्याउने पहिलो स्थानमा क्रिकेटर विराट कोहलीको नाम छ। उनलाई इन्स्टाग्राममा २७ करोड १० लाखले पछ्याएका छन्।
135
Shares
प्रतिक्रिया