ad ad

कला


डिज्नीको फिल्म ‘मुफासाः द लायन किङ’मा महेश बाबुको इन्ट्री, तेलुगु संस्करणतर्फ दिनेछन् आवाज

डिज्नीको फिल्म ‘मुफासाः द लायन किङ’मा महेश बाबुको इन्ट्री, तेलुगु संस्करणतर्फ दिनेछन् आवाज

नेपालखबर
भदौ ५, २०८१ बुधबार १६:५७, काठमाडौँ

साउथ सुपरस्टार महेश बाबु डिज्नीको बहुप्रतिक्षित फिल्म ‘मुफासाः द लायन किङ’ मा देखिने भएका छन्। शाहरुख खानपछि महेश यस फिल्ममा जोडिएका हुन्। 

फिल्मको हिन्दी संस्करणमा शाहरुख खानले आफ्नो आवाज दिएका छन्। जहाँ महेश बाबु तेलुगु संस्करणका लागि छनोट भएका छन्।

फिल्म ‘मुफासाः द लायन किङ’ सन् १९९४ मा आएको चर्चित एनिमेटेड फिल्म ‘द लायन किङ्’ को प्रिक्वेल हो। प्रिक्वेलमा मुफासाको कथालाई विस्तृत रूपमा देखाइनेछ। 

शाहरुख खानसँगै उनका छोरा आर्यन खान र अब्राम खानले पनि हिन्दी फिल्ममा डबिङ गर्ने भएका छन्। यसैबीच, महेश बाबु तेलुगुमा मुफासाको आवाज दिनेछन्।

महेश बाबुले यो नयाँ प्रोजेक्टप्रति खुशी र उत्साह व्यक्त गरेका छन्। एक विज्ञप्ति निकाल्दै उनी लेख्छन्, ‘मैले सधैं मनोरञ्जनात्मक र कालातीत कथा सुनाउने डिज्नीको ब्लकबस्टर विरासतको प्रशंसा गरेको छु।

मुफासाको चरित्रले मलाई आफ्नो छोरालाई मार्गदर्शन गर्ने मायालु बुबा मात्र होइन, आफ्नो जनजातिको हेरचाह गर्ने जंगलको राजाको रूपमा मन परेको थियो।’

आफू र परिवार डिज्नीका फिल्महरुको ठूलो फ्यान भएकाले डिज्नीसँगको सहकार्य विशेष रहेको महेशको भनाइ छ।  

‘मुफासाः द लायन किंग’ को तेलुगु संस्करणमा महेश बाबुसँगै केही अन्य चर्चित कलाकार पनि समावेश छन्। जसमा ब्रह्मानन्दमले पुम्बाको क्यारेक्टरलाई आफ्नो आवाज दिनेछन् भने अलीले टिमोनको भूमिका निर्वाह गर्नेछन्। 

‘मुफासाः द लायन किंग’लाई ब्यारी जेन्किन्सले निर्देशन गरेका हुन्। फिल्म भारतमा डिसेम्बर २० मा अंग्रेजी, हिन्दी, तमिल र तेलुगुमा रिलिज हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .