ad ad

कला


अमिताभको नाम जोडेपछि संसदमा गर्जिन् जया बच्चन, गरिन् यस्तो प्रश्न

अमिताभको नाम जोडेपछि संसदमा गर्जिन् जया बच्चन, गरिन् यस्तो प्रश्न

नेपालखबर
साउन १५, २०८१ मंगलबार १२:५४, काठमाडौँ

भारतीय समाजवादी पार्टीकी राज्यसभाकी सांसद तथा अभिनेत्री जया बच्चनले संसदमा आफूलाई ‘जया अमिताभ बच्चन’ भनेपछि आपत्ति जनाएकी छिन्। 

यस्तो टिप्पणीप्रति असन्तुष्टि जनाउँदै जयाले महिलाको पहिचानलाई नष्ट गर्ने प्रयास भएको भन्दै यस्ता टिप्पणीले महिलाको योगदान र आफ्नो पहिचानलाई बेवास्ता गर्ने बताइन्।

सोमबारको संसद बैठकमा उपसभामुख हरिवंशनारायण सिंहले जया बच्चनलाई अमिताभको नाम जोडेर भनेका थिए, ‘श्रीमती जया अमिताभ बच्चन जी, कृपया।’

जसप्रति जयाले असन्तुष्टि व्यक्त गरिन्। जया बच्चनले उपसभापतिलाई जवाफ दिँदै आफ्नो नामसँगै अमिताभ बच्चनको नाम नजोड्न आग्रह गरेकी छन्। 

यसको जवाफमा अभिनेत्रीले भनिन्, ‘सर, जया बच्चन मात्रै भनेको भए पुग्थ्यो। यो नयाँ तरिका हो कि, महिलाहरू आफ्नो पतिको नामबाट चिनिन्छन्, उनीहरुको केही अस्तित्व हुँदैन। के महिलाको आफ्नो कुनै अस्तित्व हुँदैन, के उनीहरुले केही उपलब्धि हासिल गरेका हुँदैनन्?’

संसदबाट जया बच्चनको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। धेरैले अभिनेत्रीको भनाइप्रति सहमती जनाएका छन्।

किनभने विवाहअघिनै उनी ठूली अभिनेत्री बनेकी थिइन् र उनको आफ्नै पहिचान थियो। यसै क्रममा केहीले श्रीमतीको नाममा श्रीमानको नाम जोड्दा के गलत भएको भन्दै आलोचना पनि गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .