ad ad

कला


मण्डला थिएटरका रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

मण्डला थिएटरका रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न

नेपालखबर
असार २३, २०८१ आइतबार १९:२८, काठमाडौँ

मण्डला थिएटरका पूर्वविद्यार्थीहरुले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सम्पन्न भएको छ। अभिनेता दयाहाङ राई र ‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेबीचको अन्तरक्रियासँगै महोत्सव समापन गरिएको हो।  

दयाहाङ र अनुपबीच ‘टाइम, स्पेश एण्ड एक्सन’ शीर्षकमा रंगकर्मी केदार श्रेष्ठले छलफल गराएका हुन्।

महोत्सवको अन्तिम दिन नाटक ‘मिरर’ र ‘अगम’ मञ्चन भएको थियो।

त्यस्तै, ‘केही माया, केही विचारका कुराः मिडिया र थिएटर’शीर्षकमा पनि अन्तरक्रिया सम्पन्न भयो। तीन दिन चलेको यो महोत्सवमा ६ निर्देशकका नाटक देखाइएका छन्। महोत्सवको समापनमा मण्डलाका संस्थापकसमेत रहेका अभिनेता दयाहाङले यो संस्थालाई नयाँ पुस्ताबीच हस्तानतरण गर्ने भनाई राखेका छन्।

‘मण्डला थिएटर हामीले संचालनमा ल्याएको १४ वर्ष भयो। अबको ११ वर्षपछि २५ वर्ष लाग्छ। संस्था परिवर्तन हुनलाई समय लाग्दो रहेछ। मलाई लाग्छ, अब ११
महोत्सवका निर्देशक अनुप न्यौपाने युवा रंगकर्मीको साथले नै यो ‘म्याडफेस्ट’ सम्भव बनेको बताउँछन्।

‘मनले काम गरियो भने झरिले पनि नरोक्ने रैछ, दर्शकहरुको यस्तो माहौल देखेर हामी आफैं उत्साहित भएका छौँ। जसरी दर्शकहरुको माया र प्रतिकृया पाइरहेका छौँ हामीले फेरि फेरि पनि यस्ता महोत्सवहरु गरिरहनुपर्छ जस्तो लागेको छ’ न्यौपानेले भने, ‘रमाइलो कुरा चाहि हामीसँग हाम्रो पुस्ता र नयाँ पुस्ताका साथीहरु मात्र हुनुहुन्छ तर जुन उचाई महोत्सवले पाईरहेको छ, एउटा परिपक्व महोत्सव बनेको छ।’  

महोत्सवका संयोजक प्रेम सिलवालका अनुसार पुषदेखि यो महोत्सवको तयारी सुरु भएको हो।

‘हामीले सोचेजस्तै महोत्सव भव्य रुपमा आयोजना गर्न सक्यौं। महोत्सवको उद्घाटनमा ४ सय दर्शकको उपस्थिति थियो’ सिलवालले भने, ‘यो महोत्सव गरिसकेपछि हामी युवाले आफ्ना लागि अवसर सिर्जना गर्न सक्छौं भन्ने महसुस गरेका छौं। भविष्यमा यो महोत्सव अन्तर्राष्ट्रिय स्तरको बन्दै जानुपर्छ भन्ने लाग्छ।’

उनका अनुसार महोत्सवका लागि १८ नाटक आवेदनमा परेको थियो। त्यसमध्येमा ६ नाटक छनौट भइ मञ्चनमा आएका हुन्। अधिकांश सोलाई हाउसफूल दर्शकले साथ दिएको उनी बताउँछन्।

महोत्सव लगतै यी ६ नाटक १० दिन निरन्तर मञ्चनमा आउनेछन्। महोत्सवमा नाटक हेर्न छुटाएका दर्शकका लागि मञ्चन समय थपिएको उनी बताउँछन्। महोत्सवमा थुप्रै विषयमा अन्तरक्रियादेखि संगीत र कविताका कार्यक्रम आयोजना गरिएका छन्।

यो महोत्सवमा रंगकर्मी संयोग गुरागाईंको लेखन तथा निर्देशनमा ‘रेल्वे टु नोव्हेर’ अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर,’ श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी,’ प्रविण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा,’ प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .