ad ad

गण्डकी


घरमा खसेको पहिरोले पुरिएर स्याङ्जामा ७३ वर्षीया वृद्धाको निधन

घरमा खसेको पहिरोले पुरिएर स्याङ्जामा ७३ वर्षीया वृद्धाको निधन

फाइल फोटो


नेपालखबर
असार २३, २०८१ आइतबार १९:४२, पोखरा

स्याङ्जाको भीरकोट नगरपालिका ४, ज्यामिरेमा पहिरोले पुरिएर एक वृद्धाको निधन भएको छ।

मृत्यु हुनेमा ७३ वर्षीया खेमकुमारी मल्ल रहेकी प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ।

शनिबार साँझ साढे ६ बजेतिर घरमाथिबाट आएको पहिरोले ढुंगा र माटोले बनेको घर पुर्दा उनी बेपत्ता भएकी थिइन्।

उद्दारको क्रममा आइतबार करिब १ बजेतिर उनको शव प्राप्त भएको हो।

यो घटनासँगै स्याङ्जामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ४ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .