प्रदर्शकहरुको छाता संस्था नेपाल चलचित्र संघको अध्यक्षमा नरेन्द्र महर्जन निर्वाचित भएका छन्।
संघको शनिबार आयोजित ४९औँ वार्षिक सभा तथा कार्यसमितिको चुनावबाट उनी अध्यक्ष चुनिएका हुन्।
अध्यक्षका प्रत्याशी कुवेर शर्मालाई पराजित बनाउँदै महर्जन अध्यक्ष बनेका हुन्। शर्माले ४६ मत ल्याउँदा महर्जनले १०६ मत पाएका थिए।
चलचित्र निर्माता तथा वितरक समेत रहेका महर्जन यसअघि चलचित्र संघको महासचिव थिए।
त्यसैगरी, सदस्यमा करण श्रेष्ठ, गोपालकाजी कायस्थ, प्रज्वल राणा, ओमप्रकाश जैशी, आशिष तामाङ, देबेन्द्र खड्गी, गोबिन्द्र शाही,छविराज ओझा, कपिलप्रसाद द्धा, दिप्रश शाक्य, नीरज गुप्ता, राजकुमार श्रेष्ठ, सुरेन्द्र थापा निर्वाचित भएका छन्।
आइतबार बस्ने नयाँ कार्यसमितिले बैठकले विधानअनुसार उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगायतको पदमा मनोनित गर्ने जनाएको छ।
Shares
प्रतिक्रिया