बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डीबाट भाजपा उम्मेदवार कंगना रनौतले सन् २०२० मा उर्मिला मातोन्डकरविरुद्ध गरेको टिप्पणीबारे अहिले स्पष्टीकरण दिएकी छन्।
सन् २०२० मा टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा कंगनाले उर्मिला अभिनयका लागि चिनिने नाम होइन, उनी सफ्ट पोर्न स्टार भएको टिप्पणी गरेकी थिइन्।
अहिले उनले न्युज च्यानल टाइम्स नाउको समिट २०२४ मा बोल्दै भनिन्, ‘उर्मिला आफूलाई तन्दुरी मुर्गी, शीला की जवानी र आइटम गर्लका रूपमा चिनाउन सहज मान्छिन् भने त्यो (सफ्ट पोर्न स्टार) किन होइन?’
कंगनाले अगाडि भनिन्, ‘मलाई बताउनुस् कि सफ्ट पोर्न वा पोर्न स्टार आपत्तिजनक शब्द हो? होइन। यो आपत्तिजनक शब्द होइन। यो केवल एउटा यस्तो शब्द हो, जुन सामाजिक रूपमा स्वीकार्य छैन। भारतमा पोर्न स्टारलाई कति समान्न गरिन्छ, सन्नी लियोनलाई सोध्नुहोस्।’
Times Now Summit 2024: #KanganaRanaut Ask 'Sunny Leone...Humare Desh Mein Jitni Pornstar Ko Izzat...'@DreamSportsHQ @Pernod_Ricard @Maruti_Corp #TNSummit2024
Read More: https://t.co/1NbTK4Cy9W pic.twitter.com/avuQRdOUtE— TIMES NOW (@TimesNow) March 27, 2024
Shares
प्रतिक्रिया