ad ad

कला


सातौँ ‘सिने सर्कल अवार्ड-२०८०’ आगामी वैशाखमा हुने

सातौँ ‘सिने सर्कल अवार्ड-२०८०’ आगामी वैशाखमा हुने

नेपालखबर
फागुन २२, २०८० मंगलबार १४:२३, काठमाडौँ

सिनेमा सर्कल नेपालको आयोजनामा ‘एलजी सिने सर्कल अवार्ड २०८०’ आगामी वैशाख हुने भएको छ।

सिनेमा सर्कल नेपालको आयोजना र द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापनमा अवार्डको आयोजना हुँदै आएको छ।

सिनेमा सर्कल नेपालका अध्यक्ष दिनेश डिसीले फेसबुकमार्फत उक्त घोषणा गरेका हुन्।

२०८० सालमा प्रदर्शनमा आएका सम्पूर्ण सिनेमाले नि:शुल्क सहभागिता जनाउन सक्ने आयोजक संस्थाले जनाएको छ। 

२१ विधामा अवार्ड हुने कार्यक्रममा एकजना वरिष्ठ सिनेकर्मीलाई ५१ हजार नगदसहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ।

विगत जस्तै यसवर्ष पनि उत्कृष्ट सिनेमा, निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, अनस्क्रिन जोडी, कोरियोग्राफर, द्वन्द्व निर्देशक, पार्श्वगायिका, पार्श्वगायक, पटकथा, पार्श्वसंगीत, सम्पादक, चर्चित अभिनेता, चर्चित अभिनेत्री, कमेन्डेबल मुभी, भीएफएक्स, स्टन्ट, चर्चित गीत, ट्रेलर र पोस्टर समावेश लगायत विधा समावेश गरिएका छन्।

सिनेमा सर्कल नेपालले सिनेकर्मी, पत्रकार, फुटवलर, एभरेष्टर, उद्योगी, समाजसेवी, नेपाल आर्मी तथा प्रहरीका उच्च अधिकृतसहित नेपालका प्रतिष्ठित व्यत्तिको उपस्थितिमा फरक ढंगले अवार्ड प्रदान गर्ने तयारी गरेको छ।

नेपालमा चलचित्र क्षेत्रको उन्‍नतिका लागि थुप्रै संघ, संस्था, तथा निजी क्षेत्रले अवार्ड गर्दै आएका छन्। चलचित्र विकास बोर्डको 'राष्ट्रिय चलचित्र पुरस्कार' र सिनेमा सर्कल नेपालको 'सिने सर्कल अवार्ड ' भने निरन्तर भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .