अविनाश बोहोरा र दीपेन्द्रसिंह ऐरीले नेदरल्यान्ड्सविरुद्ध नेपाललाई महत्त्वपूर्ण २ विकेट दिलाएका छन्। यससँगै नेदरल्यान्ड्सले ४ विकेट गुमाएको छ।
१७ औँ ओभरको पहिलो बलमा ऐरीले नेदरल्यान्ड्सका इडवार्ड्सलाई अनिल साहको हातबाट क्याच आउट गराएका हुन्। इडवार्ड्स केबल २ रनमा आउट भए।
त्यसअघि १६ औँ ओभरको दोस्रो बलमा अविनाशले विक्रमजित सिंहलाई २९ रन बनाउँदा कुशल मल्ल्को हातबाट क्याच आउट गराए।
विक्रमजित र साइब्राट एङगेलब्रेचले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए।
त्यसअघि कुशल मल्लले नवौँ ओभरको पहिलो बलमा अोपनर म्याक्स ओ डाउडलाई पेभेलियनको बाटो देखाए।
डाउड २२ रन बनाउँदा कुशल मल्लको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।
पहिलो विकेटका लागि डाउड र माइकल लेविटले ८३ रनको साझेदारी गर्दै नेदरल्याण्ड्सलाई उत्कृष्ट सुरुवात दिलाएका थिए।
नवौँ ओभरमा अर्का ओपनर माइकल ५४ रन बनाउँदै क्याच आउट भए। २९ बलमा ६ चौका र ३ छक्का हानेका लेविट रोहित पौडेलको हातबाट क्याच आउट भए।
कुशलले नवौँ ओभरको पाचैाँ बलमा लेविटलाई पेभेलियनको बाटो देखाए।
Shares
प्रतिक्रिया