ad ad

कला


राष्ट्रिय गजल महोत्वसका लागि छानिए ७५ गजलकार

राष्ट्रिय गजल महोत्वसका लागि छानिए ७५ गजलकार

नेपालखबर
माघ १२, २०७६ आइतबार ७:१३,

नेपाल प्रज्ञा–प्रतिष्ठान र राष्ट्रिय युवा परिषदले यही माघ १५ र १६ गते आयोजना गर्न लागेको राष्ट्रिय गजल महोत्सवका लागि सात प्रदेशका प्रतिनिधि गजलकार छनोट भएका छन्।

प्रतिष्ठानका सदस्यसचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार विगतमा अन्य संस्थाको समन्वयमा गजल महोत्सव आयोजना गरिएको भए पनि प्रतिष्ठानको आयोजनामा प्रदेशगत आधारमा प्रतिनिधि चयन गरी यस वर्ष पहिलोपटक राष्ट्रियस्तरको महोत्सव आयोजना गर्न लागिएको हो।

महोत्सवमा सहभागी हुने गजलकार, कार्यपत्र प्रस्तोता, समीक्षक र प्रतिनिधिको छनोट तथा अन्य व्यवस्थापनको तयारी पूरा भएको प्रतिष्ठानका काव्य विभाग प्रमुख एवम् महोत्सवका संयोजक प्राडा हेमनाथ पौडेलले जानकारी दिए। महोत्सवमा सातै प्रदेशबाट पाँच–पाँचजना प्रतिनिधि गजलकारका साथै उपत्यकाबाट करीब ४० गरी ७५ प्रतिनिधि गजलकारको सहभागिता रहनेछ।

प्रज्ञा–प्रतिष्ठान र अनाममण्डली संस्थाको सहकार्यमा यसअघि पनि गजलबारे राष्ट्रिय सम्मेलन गरिएको थियो। गजल विधाका जानकार घनेन्द्र ओझाले प्रज्ञा प्रतिष्ठानले नेपाली गजलको मानक निर्माण गर्नसमेत कार्यदल गठन गरी काम अघि बढाउने तयारी गरेकामा खुशी व्यक्त गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने कार्यक्रममा प्रदेशबाट छानिएर आएका गजलकारको गजल वाचन हुनेछ भने सोही दिन वरिष्ठ गजलकारले गजल सुनाउनेछन्।

पहिलो दिन करिब एक हजार दुई सय र दोस्रो दिन करीब तीन सयको सहभागिता रहने महोत्सवमा प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रज्ञा आधुनिक नेपाली गजल’ र ‘प्रज्ञा नेपाली बाल गजल’को लोकार्पणसमेत हुनेछ।

महोत्सवको दोस्रो दिन ‘नेपाली गजलः परम्परा र प्रवृत्ति’ बारे टीकाराम उदासी तथा ‘गजल सिद्धान्त र नेपाली गजलमा बहरको प्रयोग’ बारे डा घनश्याम न्यौपाने ‘परिश्रमी’ र ओझाले गोष्ठीपत्र प्रस्तुत गर्ने कार्यक्रम छ।

अर्को सत्रमा ‘आजको गजल लेखनः चुनौती र दिशा’ विषयमा परिसंवाद हुनेछ। महोत्सवको तयारीका लागि विभिन्न उपसमितिसमेत गठन गरिएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .