ad ad

कला


पूरा हुँदै दीपक–दीपाको सपना

पूरा हुँदै दीपक–दीपाको सपना

नेपालखबर
बैशाख २८, २०८० बिहिबार ११:१०, काठमाडौँ

लामो समयदेखि चर्चामा रहेको दीपकराज गिरी र दीपाश्री निरौलाको सिनेमा घर साउनबाट सञ्चालन हुने भएको छ। नयाँ बानेश्वरमा निर्माण भइरहको सिनेमा हलमा दीपक–दीपासँगै टिमका अन्य सदस्यले पनि लगानी गरेका छन्।

साउन १ गतेदेखि औपचारिक रुपमा सञ्चालन गर्ने लक्ष्यसहित अहिले सिनेमा घरमा सिट जडान गर्ने काम भइरहेको छ।

हल सञ्चालनबारे दीपक भन्छन्, ‘साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी छ। यदि साउन १ गतेसम्म काम सकिएन भने साउनको अन्तिमबाट सञ्चालनमा ल्याउछौँ।’

तर हल साउन १ गतेबाटै सञ्चालन गर्नेगरी काम भइरहेको उनको भनाइ छ। 

नेपाली फिल्म उद्योगका सफल व्यावसायिक जोडी दीपक–दीपाको यो लामो समयदेखिको सपना हो। कोरोना महामारीका कारण हल निर्माणमा ढिला भएको हो। अन्ततः उनीहरुको सपना पूरा हुने संघारमा छ।

नयाँ बानेश्वर–शंखमूल रोडमा निर्माण भइरहेको सिनेमा हलमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ। दीपक-दीपा आफ्नो पछिल्लो फिल्म ‘छक्का पञ्जा ४’ रिलिज गरेर हल सञ्चालन गर्न चाहन्थे।

तर निर्माण ढिला हुँदा उनीहरुको यो चाहाना पूरा हुन पाएन। दुईवटा स्क्रिन रहने सिनेमा हलमा ४ सय सिट रहनेछन्।  हल निर्माणमा झन्डै १० करोड रुपैयाँ लागेको दीपकले बताउने गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .