ad ad

कला


‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश काठमाडौंमा

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश काठमाडौंमा

नेपालखबर
बैशाख २८, २०८० बिहिबार १०:५८, काठमाडौँ

‘मिस्टर सुप्रानेसनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्गकार नेपाल आएका छन्। तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२३’ मा प्रस्तिस्पर्धा गरिरहेका अन्तिम २१ प्रतियोगीमध्ये विजेता छान्न उनी बुधबार काठमाडौं आइपुगेका हुन्। उनले टप मोडल राउन्ड, स्विमर राउन्ड, प्रि-जज राउन्ड र फाइनलमा निर्णायकको भूमिका निर्वाह गर्नेछन्। 

‘पटकपटकको प्रयासपछि नेपाल आइपुगेको छु। यसअगाडि कोरोना भाइरसको कारण भएको कडाइले गर्दा आउन सकेको थिइनँ। यो बसाइ मेरा लागि उपलब्धिमूलक हुनेछ’, मौलिङ्गकारले भने,‘हामी सुप्रानेसनल सबै परिवार हौँ। यहाँ आएर निर्णायकको भूमिका निर्वाह गर्न पाउँदा खुसी छु। साथै, नेपालमा समेत यो प्रतियोगिताको सुरुआत भएको छ। आयोजकलाई धन्यवाद भन्न चाहन्छु।’

उनको नेपाल आगमन र प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुले अन्तर्राष्ट्रियस्तरमा छवि निर्माणमा सघाउने आयोजक संस्था सनुर्भी इन्टरनेसनल प्रालिले जानकारी दिएको छ। नेपालमा प्याजेन्ट ल्याएर प्रतियोगिता गराइरहेका नेपाल निर्देशक सन्तोष उपाध्यायले मौलिङ्गकारको नेपाल बसाइ नौ दिन हुने बताए।

‘उनले हाम्रो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने गतिविधिमा सहभागी हुनेछन्’, निर्देशक उपाध्यायले भने। 

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा सम्पन्न अडिसनमार्फत छनोट भएका १ सय ७० जनाबाट छानिएका ३६ र त्यसबाट छानिएका २१ प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेका छन् ।

‘म आफैँ प्रतियोगीका रूपमा मिस एन्ड मिस्टर सुप्रानेसनलमा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ। यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेसनलको शीर्षकसमेत थपेको छु’, निर्देशक उपाध्यायले भने। 

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहेको प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन्। जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रानेसनल र मिस्टर इन्टरनेसनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रानेसनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .