पछिल्लो समय ‘धोकेबाज’ गायिकाका रूपमा परिचित एलिना चौहानले गायक हेमन्त शर्मासँग गीत गाएकी छन्। गायक शर्मा र गायिका चौहानले गाएको देउडा शैलीको गीत बजारमा आएको छ।
गायक शर्माले गीतमार्फत सुन्दर सुदूरपश्चिमको थोरै सुगन्ध आफ्ना स्रोतामा बाढ्न खोजेको बताएका छन्।
‘मायाले नै हो रैछ’बोलको सार्वजनिक गीत हरि उप्रेतीले लेखेका हुन्। तृप्ती खड्काले संगीत गरेको गीतमा गायक हेमन्त शर्माको हुकलाइन छ।
उक्त गीतको म्युजिक भिडिओ पनि सार्वजनिक भएको छ। गीतको भिडिओमा रुपेश थापाको छायांकन रहेको छ। समारिका ढकाल र विजय पुनले अभिनय गरेको गीतको भिडिओ निर्देशन निकेश खड्काले गरेका हुन्। भिडिओ सम्पादन बिकास धमलाले गरका हुन्।
भिडिओ
1.2k
Shares
प्रतिक्रिया