ad ad

कला


जन्मदिनको शुभकामना दिन आएका फ्यानका अगाडि यसरी रोए सलमान (भिडियो)

जन्मदिनको शुभकामना दिन आएका फ्यानका अगाडि यसरी रोए सलमान (भिडियो)

नेपालखबर
पुस १२, २०७६ शनिबार ६:१२,

बलिउड सुपरस्टार सलमान खानले डिसेम्बर २७ मा आफ्नो ५४ औं जन्मदिन मनाए। प्रत्येक पटक जस्तै यस पटक पनि उनले आफ्नो जन्मदिनमा उनका फ्यानहरूसँग भेट गरे। तर, यसपटकको भेट अगाडिका भेटभन्दा बढी भावानात्मक देखियो। शुभचिन्तकहरु सलमान खानसँग भेटेपछि झनै भावुक बने।

सलमानले आफ्ना फ्यानहरुलाई हात हल्लाइरहेको एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा सलमान खानको आँखामा आँसु स्पष्ट देखिन्छ।सलमानकाे आँखामा आँसु देखेपछि शुभचिन्तकहरु  भावुक बनेका हुन्।

सलमानका लागि जन्मदिन विशेष थियो किनकि यो अवसरमा उनले आफ्ना प्रशंसक र शुभचिन्तकलाई भेटेनन् मात्रै उनले मामु पनि पाए। उनकी बहिनीले छोरीको जन्म दिइन्। जसको नाम उनले मामु राखे। यो नाम उनलाई पिता सलीम खानले सिफारिस गरेका थिए।

सलमानको जन्मदिन यसकारण पनि राम्रो भयो कि उनको फिल्म ‘दबंग ३’ बक्स अफिसमा राम्रो व्यापार गर्न सफल भयो। यद्यपि आलोचकहरूले यस फिल्मलाई लिएर मिश्रित समीक्षा दिएका छन्। फिल्मको कथा धेरै ठाउँमा कच्चा र टाउको नभएको बताइएको छ। दबंग खानको जन्मदिन उत्सवमा सबै पटक जस्तै यस पटक पनि धेरै सेलिब्रेटीहरु पनि सहभागी थिए।

दबंग खानको अर्को वर्ष ‘राधे’मा देखा पर्नेछन्। यस फिल्मको कथा  ‘वान्टेड’सँग जोडिएको भनेर चर्चा चले पनि उनले राधे वान्टेडको आफ्नो नाम भए पनि फिल्मसँग कुनै सम्बन्ध नभएको प्रस्ट पारेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .