ad ad

कला


रिभेन्ज लभको ट्रेलर सार्वजनिक

रिभेन्ज लभको ट्रेलर सार्वजनिक

नेपालखबर
मंसिर २८, २०७९ बुधबार १४:४०, काठमाडौँ

मन्दिप राना निर्देशित तेस्रो सिनेमा रिभेन्ज लभको ट्रेलर सार्वजनिक भएको छ। सिनेमाको सार्वजनिक ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ। पोखराका युवाहरुले मिलेर सिनेमा निर्माण गरेका हुन्। 

सिनेमामा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन्। प्रेममा बदला र समर्पणको कथाबस्तु मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिएको निर्देशक मन्दिप राना बताउँछन्। श्याम शुक्ला फिल्म प्रोडक्सनको प्रस्तुतीमा निर्माण भएको सिनेमामा एक्सन, कोरीयोग्राफि र निर्देशन मन्दिप रानाको छ। 

निर्माता नवीन घतानेको गीत रचना, देशभक्त सिंह कुँवरको संगीत, रजनी राई र विजय कुमारको स्वर रहेको सिनेमामा मेकअप मोहन लामा, छायांकन राहुल राई, पोस्टर डिजाइन सबिन गायक, सम्पादन नेत्र गुरुङ र अशोक आलेको छ। सिनेमाको निर्मातामा नवीन घताने र श्याम शुक्ला फिल्म प्रोडक्सन तथा सह९निर्मातामा बिजय कुमार, गीत सुनार र लक्ष्मी सुनारको रहेका छन्। 

सिनेमाका निर्माता नवीन घताने, देशभक्त सिंह कुँवर, विजय कुमार, अविराज बिसी, अर्जुन गिरि, गीत सुनार, रोशनि सुनैना, सुस्मिता परियार, तुलसा क्षेत्री, लक्ष्मण रोका लगायतका कलाकारको अभिनय रहेको छ। श्याम शुक्ला प्रोडक्सनले डिजिटल राइट्स सिनेमा आगामी पौष १५ ल्होसारको अवसरमा हलमा नभई सिधै युट्यबमा रिलिज हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .