कला क्षेत्रका एक जोडीले विश्व कीर्तिमान बनाएका छन्। कोरियोग्राफर तथा कन्टेम्पोररी डान्सर जेडी तमू र डान्सिङ स्टार नेपालका विजेता छिरिङ शेर्पाले विश्वकै उच्च स्थानमा नृत्य गरेर विश्व रेकर्ड कायम गरेका हुन्।
उनीहरुले सर्वोच्च शिखर सगरमाथास्थित कालापत्थरको ५६०० मिटर उचाइमा नृत्य गरेका थिए। तमू र शेर्पा यो शीर्षकमा रेकर्ड राख्ने विश्वकै पहिलो जोडी भएका छन्।
उनीहरुले उक्त स्थानमा ३ मिनेट लामो नेपाली लोक नृत्य प्रस्तुत गरेका थिए। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम गरिएको यो जोडीको भनाइ छ।
सरस्वती धिमालको कोरियोग्राफीमा भएको नृत्यको छायांकन प्रेम पौडेलले गरेका हुन्। नृत्यमा ड्रोन भने अभय पोखरेलले चलाएका थिए।
207
Shares
प्रतिक्रिया