हलिउड अभिनेता क्रिस इभान्स ‘जीवित सेक्सी पुरुष’ घोषित भएका छन्। यस वर्षको यो उपाधि क्रिसलाई पिपुल म्यागजिनले दिएको हो।
अघिल्लो वर्ष यो उपाधि पौल रडले पाएका थिए। सन २०२० मा माइकल बी जोर्डन सेक्सी पुरुष घोषित भएका थिए।
सेक्सी पुरुष घोषित भएपछि यसबारेमा कुरा गर्नु कठिन रहेको बताउँदै क्रिसले म्यागजिनसँग भनेका छन्, ‘हुन त सेक्सी भन्नु एउटा बुलिङ र ह्यारेन्समेन्ट पनि हुनसक्छ।’
प्राइम भिडियोको फिल्म ‘रेड वान’मा काम गरिरहेका क्रिसले अभिनय बाहिर पनि भविष्य खोजिरहेको बताएका छन्।
69
Shares
प्रतिक्रिया