ad ad

कला


आँखा दानको निर्णय गरेका सविन मिर्गाैला र मुटु पनि दान गर्न चाहन्छन्

आँखा दानको निर्णय गरेका सविन मिर्गाैला र मुटु पनि दान गर्न चाहन्छन्

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:२, काठमाडौँ

अभिनेता सविन श्रेष्ठ पछिल्लो समय सामाजिक कार्यमा निकै सक्रिय देखिएका छन्।

केही समयअघि उनले काठमाडौंका सार्वजनिक शाैचालयमा स्यानिटरी प्याड नि:शुल्क वितरण गरे। बाटोमा हिँड्दाहिँड्दै महिनावारी भएका महिलालाई सजिलो होस् भन्ने उद्देश्यले सार्वजनि शाैचालयमा प्याड नि:शुल्क उपलब्ध गराएका थिए। 

उनै अभिनेता श्रेष्ठले मरणोपरान्त आँखा दान गर्ने निर्णय गरेका छन्। उनले सोमबार  तिलगंगा आँखा अस्पतालमा पुगेर आँखा दान गर्ने पत्रमा हस्ताक्षर गरेका हुन्। 

आँखा दान गर्ने प्रतिबद्धतापछि अस्पतालले उनलाई प्रशंसापत्र प्रदान गरेको छ। स्वेच्छाले आँखा दान गर्ने निर्णय गरेका सविनलाई नेत्र चिकित्सकले धन्यवाद समेत दिए।

आँखा दानको निर्णपछि सविनले भने ‘आँखा दान गर्ने पहिलेदेखि नै चाहना थियो। समय मिले मिर्गौला र मुटु पनि दान गर्न चाहन्छु । यसका लागि अस्पतालसँग पनि सल्लाह भैरहको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .