ad ad

समाज


इन्टरपोलको ९० औं महासभामा नेपालबाट आईजीपी सिंह सहभागी

इन्टरपोलको ९० औं महासभामा नेपालबाट आईजीपी सिंह सहभागी

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:५, काठमाडौँ

भारतको नयाँ दिल्लीमा आज कात्तिक १ देखि ४ गतेसम्म इन्टरपोलको ९० औं महासभा सुरु भएको छ। १९५ इन्टरपोल सदस्य राष्ट्रका नेशनल सेन्टरल ब्युरो (एनसीबी) प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने छ। 

यस्तै कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने कार्यक्रम समेत रहेको छ। सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुमा संकल्प प्रस्तावमाथि पनि छलफल हुने कार्यक्रम रहेको छ।

महासभामा सहभागी हुन नेपालबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्ली पुगेका छन्। महासभामा सहभागी हुन सिंह सोमबार त्यसतर्फ प्रस्थान गरेका हुन्। 

एनसीबीका नेपाल प्रमुख समेत रहेका सिंहसहित प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा, प्रहरी निरीक्षक यम कुमार श्रेष्ठ र सशस्त्र प्रहरी बलबाट ५ सदस्यीय टोली त्यहाँ पुगेको छ।

टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए।

प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .