गायक ओम सुनार र गायिका मेलिना राईको आवाजमा ‘तिमीलाई माया गरौँ भन्छ यो मन’ बोलको गीत सार्वजनिक भएको छ।
गीतमा ओम सुनारकै शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा महेश खड्का, शारदा आर एल शाह, अमृत शाही ठकुरी र पुष्पा चन्दको अभिनय रहेको छ।
प्रेमका भावना व्यक्त गर्न सफल रहेको गीत सोही अनुकूलको भिडियो बनेको छ। हरेक माया गर्ने जोडीहरुलाई सुहाउने खालका शब्द यस गीतमा रहेका छन्। आफ्नो मायालुसँग जिउँने मर्ने कुरा पनि गीतमा समेटिएको छ ।
गीतको म्युजिक भिडियोलाई शारदा आर एल शाहले निर्देशन गरेकी हुन्। भिडियोको पवन गौतमले छायांकन, सुवास देवकोटाले सम्पादन गरेका हुन्। हेरौँ भिडियो
प्रतिक्रिया